काठमाडौँ- राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले आज ९बुधबार० देखि धितोपत्रको प्रारम्भिक सेयर निष्कासन ९आईपीओ० गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अङ्कित मूल्यमा आईपीओ निष्कासन गर्न लागेको हो ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि निष्कासन गरेको बिक्री नभएको ३७ हजार ६२३ कित्तासहित २३ लाख ६६ हजार २४० कित्ता साधारण सेयर निष्कासन गर्न लागेको छ ।
त्यसबाट ७० हजार ९८८ कित्ता कर्मचारीहरूका लागि १ लाख १८ हजार ३१२ कित्ता सामूहिक लगानी कोषको लागि सुरक्षित गरेको छ । सर्वसाधारण लगानीकर्ताले बाँकी २१ लाख ७६ हजार ९४० कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीले आईपीओ निष्कासनको लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । सहायक निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।