×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

भारतलाई फिफाको अनिश्चितकालीन प्रतिबन्ध

भारतलाई फिफाको अनिश्चितकालीन प्रतिबन्ध

काठमाडौँ- अल इन्डिया फुटबल फेडेरेसन (एआइएफएफ)लाई विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अनिश्चितकालीन प्रतिबन्ध लगाएको छ ।  तेस्रो पक्षले संघमाथि शक्ति प्रयोग गरेसँगै भारतलाई यसअघि नै चेतावनी दिँदै आएको फिफाले सोमबार राति भने प्रतिबन्ध लगाएको हो । 

सङ्घको चुनाव विगत दुई वर्षदेखि हुन सकेको छैन । अहिले एआईएफएफको विभिन्न मुद्दा अदालतमा छ । तर, स्वतन्त्र चुनाव नभएपछि फिफाले प्रतिबन्ध लगाएको हो ।

प्रतिबन्धपछि भारतले अब फिफा एएफसीले आयोजना गर्ने अन्तर्राष्ट्रिय खेलमा प्रतिबन्ध भोग्नुपर्नेछ । यसअघि दक्षिण एसियाली मुलुक पाकिस्तानसमेत प्रतिबन्धमा परेर फुकुवा भएको थियो ।

प्रतिकृया दिनुहोस्