×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

भरतपुरको मतगणना सुरु, वडा नम्बर १ बाट गन्न थालियो मत

भरतपुरको मतगणना सुरु, वडा नम्बर १ बाट गन्न थालियो मत

चितवन- चितवनको भरतपुर महानगरपालिकामा मतगणना सुरु भएको छ । बिहान ९ बजे गणना सुरु गर्ने भनिए पनि लामो छलफलका कारण गणना तीन घन्टा ढिला भएको हो ।

वार्ड नम्बर १ को रामनगर मावि र आदिकवि भानुभक्त माविमा खसेको मतको गणना भइरहेको छ । वडा नम्बर १ का तीन वटा मतपेटिका खोलेर मतगणना सुरु गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

चितवन उद्योग संघको प्रदर्शनी केन्द्र सी ब्लकमा मतगणना गरिएको छ । भरतपुर महानगरपालिकाको मेयरमा गठबन्धनबाट रेनु दाहाल, नेकपा एमालेबाट विजय सुवेदी र स्वतन्त्रबाट जगन्नाथ पौडेललगायतको उमेदवारी रहेको छ । 

प्रतिकृया दिनुहोस्