काठमाडौँ- राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेविरुद्ध जिल्ला अदालत काठमाडौंमा दर्ता बलात्कार मुद्दामा आज मंगलबारदेखि थुनछेक बहस हुँदै छ।
बालिका बलात्कार अभियोगमा लामिछानेविरुद्ध आरोप पुष्टि हुने प्रमाण देखिएको दाबीसहित सोमबार जिल्ला सरकारी वकिल कार्यालय ९काठमाडौं० ले प्रहरी हिरासतमा रहेका लामिछानेविरुद्ध मुद्दा दर्ता गराएको हो।
प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदन र प्रमाणका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले मुद्दा दायर गरेको हो। अदालतमा अभियोग पत्र पुगेसँगै सन्दीपलाई सोमबार जिल्ला अदालत ९काठमाडौं० मा उपस्थितसमेत गराइएको छ।
आज उनविरुद्धको मुद्दामा थुनछेक बहस सुरु हुने छ। तत्काल उपलब्ध प्रमाणबाट दोषी देखिएमा अदालतले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिनेछ। त्यस्तो आदेश आएमा मुद्दाको अन्तिम किनारा नलागेसम्म सन्दीप जेलमा हुनेछन्।