×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

काभ्रेको मण्डनदेउपुर नगरपालिकामा भोली थकान बिदा

काभ्रेको मण्डनदेउपुर नगरपालिकामा भोली थकान बिदा

काभ्रे- काभ्रेको मण्डनदेउपर नगरपालिकाले भोलि बिहीबार पनि सार्वजनिक बिदा दिएको छ । बुधबारनगर कार्यपालिकाको कार्यालयले सूचना जारी गर्दै बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएको छ ।

आठौं संविधान दिवसको अवसरमा नगरपालिकाको नवनिर्मित भवनबाट सेवा शुभारम्भ गर्न र दिवस मनाउँदा कर्मचारी र जनप्रतिनिधिलाई थकाइ लागेको भन्दै सार्वजनिक बिदा दिएको जारी सुचनामा उल्लेख गरिएको छ ।


‘संविधान दिवसको अवसरमा नगरपालिकाको नवनिर्मित भवनबाट सेवा प्रवाह शुभारम्भ भएको हर्षोल्लासको उपलक्ष्यमा तथा त्यस क्रममा तीन दिनदेखि लगातार व्यवस्थापन गर्ने काममा खटिँदा सम्पूर्ण कर्मचारी तथा जनप्रतिनिधिहरू थकित भएका कारण बिहीबार नगरपालिकाको कार्यालय, यस अन्तर्गत कार्यालयहरू, विद्यालय लगायत सम्पूर्ण सरकारी तथा गैर सरकारी संस्थाहरूलाई बस्दा गरिएको व्यहोरा सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ,’ सूचनामा उल्लेख गरिएको छ।

मण्डनदेउपुर नगरपालिका पुरानो कार्यालयबाट नयाँ भवनमा सरेको छ । कार्यालया सार्नेक्रममा ३ दिनदेखि कर्मचारी खटिएका थिए । आज संविधान दिवसका दिन पनि उनीहरु दिनभर नै कार्यालय सार्ने र व्यवस्थापन गर्ने काममा खटिएका थिए ।

May be an illustration of text that says "मण्डनदेउपुर नगरपालिका MANDANDEUPUR MUNICIPALITY नगर कार्यपालिकाको कार्यालय Office of the Municipal Executive महादेवस्थाम कोभेपलात्चोक Mahadevstha regalanchok ।०१੧-१४१२११२ ०११-१४१२१੧३ 099-१४૧२૧૧૪ ૨૦૭३ विषय: विदा सम्बन्धी सूचना प्रकाशन मिति: २०६०/०६/०३ यस कार्यालयको मिति २०६०/०६/०३ गतेको निर्णयानुसार औं संविधान दिवसको अवसरमा नगरपालिकाको नवनिर्मित भवनबाट सेवा प्रवाह शुभारम्भ भएको हर्षोल्लासको उपलक्ष्यमा तथा सो कममा विगत तीन दिन देखी लगातार व्यवस्थापन गर्ने कार्यमा खटिदा सम्पूर्ण कर्मचारी तथा जनप्रतिनिधिहरु थकित भएका कारण मिति २०६०/०६/०४ गतेका दिन नगरपालिकाको कार्यलय, यस अन्तरगतका कार्यालयहरु, विद्यालय लगायत सम्पूर्ण सरकारी तथा गैर सरकारी संस्थाहरुलाई विदा गरिएको व्यहोरा सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको ysug ..5०.10६103 Website:mandandeupurmun.gov.np E-mail: mandandeupurmu@gmail.com"

प्रतिकृया दिनुहोस्