×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

ओलीसँग निर्णायक वार्ता गर्दै देउवा, एमसीसी अघि बढाउने अन्तिम तयारी

ओलीसँग निर्णायक वार्ता गर्दै देउवा, एमसीसी अघि बढाउने अन्तिम तयारी

काठमाडौँ - प्रधानमन्त्री शेरबहादुर देउवा अमेरिकी सहयोग सम्झौता (एमसीसी) संसद्बाट पारित गर्नेगरि अघि बढेका छन् । उनले आफूनिकट नेताहरुसँग यो विषयमा छलफलसमेत थालिसकेका छन् ।

स्रोतकाअनुसार उनले सत्ता गठबन्धनबाट एमसीसीको विषयमा सकारात्मक प्रतिक्रिया नआएको र सहयोग नहुने देखेपछि अब प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को साथ लिनेगरि तयारी थालेका छन् । ‘आज र भोलि भित्रै प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच निर्णायक वार्ता हुँदैछ’–स्रोतले भन्यो । पुष ११ गतेको माओवादी केन्द्रको महाधिवेशनको उद्घाटनसत्रमा नै प्रधानमन्त्री देउवाले एमसीसीको बचाउ गरेका थिए । र, यसलाई अघि बढाउनुपर्ने उनको तर्क थियो । उनले एमसीसी कुनैपनि हालतमा नेपालको अहितमा नरहेको पनि जिकिर गरेका थिए ।

उनले आफूले राष्ट्रघाती काम गरौंला र ? भन्दै उल्टै प्रश्न गरेका थिए । तर, माओवादी केन्द्रमा एमसीसीलाई लिएर चर्को विरोध र आलोचना छ । महाधिवेशनले प्रतिनिधिहरुले त एमसीसीको खारेजीको माग गर्दै आएका छन् ।

 

तर, सरकारको नेतृत्व गरिरहेको कांग्रेस र यसका नेतृत्व देउवाले भने अब एमालेको साथ लिएर पनि एमसीसी पारित गराउने तयारी थालेका छन् । उनले अब एमसीसीलाई धेरै अन्यौलमा नराख्ने भनेर आफूनिकट नेताहरुसँग पनि भनिसकेका छन् ।

प्रतिकृया दिनुहोस्