काठमाडौं- मोरङको मिक्लाजुङ्ग गाउँपालिका–१ बर्खेस्थित खोल्सीमा सोही गाउँपालिका आले बस्ने ४३ वर्षीय मोति बहादुर राई सोमबार मृत अवस्थामा फेला परेका छन् । मकवानपुरको भिमफेदी गाउँपालिका–८ कोगटेस्थित दोभान खोलाको ढुंगाको काप्चामा ईन्द्रसरोबर गाउँपालिका३ काप्राङ बस्ने ५७ वर्षीय संचार थिङ पनि सोमबार मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ ।
यस्तै, सुनसरीको ईटहरी उपमहानगरपालिका–९ विराटनगर लाईनस्थित सोही उपमहानगरपालिका–८ बस्ने ४५ वर्षीय कपिल हरिजन सोमबार मृत अबस्थामा फेला परेका छन् । सुनसरीकै धरान उपमहानगरपालिका–१८ सुन्दर बजारमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५० वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् ।
तनहुँको देवघाट गाउँपालिका–२ जरम बस्ने ८० वर्षीय चन्द्र बहादुर थापा आफ्नै घर पछाडी रहेको भिरमा सोमबार मृत अवस्थामा फेला परेका छन् । प्रहरीका अनुसार आइतबार बिहानको खाना खाई घर नजिक रहेको बारीमा जान्छु भनी गएकोमा घर फर्की नआएपछि खोजी गर्ने क्रममा उनको शव फेला परेको हो ।
काठमाडौंको टोखा नगरपालिका–८ बानियाँटार पुल नजिक हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ । यसैग्री गोरखाको आरुघाट गाउँपालिका–१ साब्चेत सामुदायिक वन र दोरत सामुदायिक वनको सिमानाको जंगलको तीन खापे ढुङ्गाको कप्चेरोमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् । सबै घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।