×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

राष्ट्रिय सभा उपचुनावमा भाग लिन ८ दलको निवेदन

राष्ट्रिय सभा उपचुनावमा भाग लिन ८ दलको निवेदन

काठमाडौँ- राष्ट्रिय सभा उपनिर्वाचनका लागि  निर्वाचन आयोगमा ८ वटा राजनीतिक दलबाट दल दर्ता निवेदन परेको छ । आयोगले पुस २५ देखि २८ गतेसम्म दल दर्ताका लागि समय दिएको थियो ।

२५ माघमा हुने राष्ट्रिय सभा उपनिर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जसपा, राप्रपा, नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति र बहुजन शक्ति पार्टीले दल दर्ता निवेदन दिएका आयोगले जनाएको छ ।

स्थानीय तहमा प्रतिनिधित्व रहेका लोसपा र जनमत पार्टीले भने राष्ट्रिय सभा उपचुनावमा भाग लिने छैनन् । लुम्बिनी प्रदेशबाट अन्य समूहतर्फ राष्ट्रिय सभा सदस्य पद रिक्त छ । एक सिटका लागि २५ माघमा उपचुनाव हुन लागेकाे हाे ।

११ माघमा उम्मेदवारहरूको मनोनयन दर्ता कार्यक्रम रहेको आयोगले जनाएको छ । राष्ट्रिय सभा उपनिर्वाचनमा प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुख तथा उपप्रमुख मतदाता हुन्छन् । 

प्रतिकृया दिनुहोस्