×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

ग्रीनलाइनका सञ्चालक अग्रवाल बैंकिङ कसुरमा जेल चलान

ग्रीनलाइनका सञ्चालक अग्रवाल बैंकिङ कसुरमा जेल चलान

काठमाडौं -  ग्रीनलाइन स्टोर दरबारमार्गका सञ्चालक अमित अग्रवाल जेल चलान भएका छन् । विशेष अदालतले तोकेको ४५ लाख रुपैयाँ धरौटी बुझाउन नसकेपछि उनी जेल चलान भएका हुन् । उनलाई डिल्लीबजार कारागारमा राखिएको छ ।

महानगरीय प्रहरी परिसर टेकुका अनुसार बैंकिङ कसुरमा पक्राउ परेका अग्रवाललाई अदालतले जमानतका लागि ४५ लाख धरौटी माग गरेको थियो ।

अग्रवालविरुद्ध गत असोज महिनामा २ जना व्यवसायीले बैंकिङ कसुर अन्तर्गत उजुरी दिएका थिए । अदालतले दुई वटा उजुरीमा ४० लाख र ५ लाख गरी ४५ लाख रुपैयाँ धरौटी माग गरेको थियो ।

प्रतिकृया दिनुहोस्