×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

श्रीलंकाको राष्ट्रपतिमा विक्रमसिंघेको सम्भावना बलियो

श्रीलंकाको राष्ट्रपतिमा विक्रमसिंघेको सम्भावना बलियो

काठमाडौँ- श्रीलंकाको संसद्ले आज नयाँ राष्ट्रपतिका लागि मतदान गर्दैछ । राजीनामा दिएका गोटाबाया राजापाक्षेको स्थानमा नयाँ राष्ट्रपतिका लागि संसदमा मतदान हुँदैछ । 

निर्वाचनका लागि तीन जना उम्मेदवारले आफ्नो मनोनयन दर्ता गरेका छन् । राष्ट्रपतिको प्रतिस्पर्धामा कार्यवाहक राष्ट्रपति रनिल विक्रमसिंघे छन् । विपक्षी उम्मेदवार दुल्लास अल्हाप्परुमा र अनुराकुमारा पमीसँग उनको प्रतिस्पर्धा हुनेछ । विक्रमसिंघे नै नयाँ राष्ट्रपति बन्ने सम्भावना धेरै छ ।

राजापाक्षेको स्थानमा आउने नयाँ राष्ट्रपतिले देशमा जारी अभूतपूर्व संकट समाधानमा महत्वपूर्ण पहल गर्ने विश्वास गरिएको छ । श्रीलंकाका २ करोड २० लाख मानिस खाद्यान्न, औषधिजस्ता अत्यावश्यक सेवाको अभाव झेलिरहेका छन् ।

अभूतपूर्व आर्थिक संकटका कारण महिनौंदेखिको प्रदर्शनपछि राजापाक्षेलाई सेनाले उद्धार गरेर अज्ञातस्थल लगेको थियो ।

प्रतिकृया दिनुहोस्