×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

चुनावदेखि डराए मुलुक दुर्घटनामा फस्छ : प्रमुख निर्वाचन आयुक्त थपलिया

चुनावदेखि डराए मुलुक दुर्घटनामा फस्छ : प्रमुख निर्वाचन आयुक्त थपलिया

काठमाडाैँ- प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनसँग डराउन नहुने बताएका छन् । जनकपुरधाममा निर्वाचन आयोगले शनिवार आयोजना गरेको मिडिया अभिमुखीकरण कार्यक्रममा बोल्दै आयुक्त थपलियाले लोकतन्त्रको प्राणवायु निर्वाचन नै भएकाले तोकिएकै समयमा सम्पन्न हुने बताताएका हुन् ।

दलहरूको संशय हुने वक्तव्य आइरहेकोप्रति निर्वाचन आयोग गम्भीर रहेको बताउँदै थपलियाले निर्वाचनको सन्दर्भमा कुनै तर्कवितर्क नगरी निर्वाचन केन्द्रित हुन आग्रह गरे ।

थपलियाले भने, ‘निर्वाचनको मिति अब धकेलियो भने मुलुक दुर्घटनामा फस्ने सम्भावना छ । त्यसैले निर्धारित मितिमै निर्वाचन हुनेमा शंका नगर्नुस् । निर्वाचनको क्षेप्यास्त्र प्रक्षेपण भइसकेको छ । अब निर्वाचन अघिपछि सारिए क्षेप्यास्त्रको हमला हुनेछ ।’

अब निर्वाचनको मिति चाहेर पनि सार्न नसकिने बताउँदै थपलियाले भने, ‘क्षेप्यास्त्र प्रक्षेपण भएपछि त्यसलाई तलमाथि गर्ने प्रयास गरियो भने दुर्घटना नै हुन्छ, त्यसैले निर्वाचन निर्धारित मिति मै हुन्छ ।’ उनले यसै वर्षभित्र प्रदेश, प्रतिनिधि सभा, राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनसमेत गर्ने तयारी आयोगले गरिरहेको जानकारी दिए ।

प्रतिकृया दिनुहोस्