×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

विश्वकप क्रिकेट : आयरल्यान्डमाथि क्यानडाको ऐतिहासिक जित

विश्वकप क्रिकेट : आयरल्यान्डमाथि क्यानडाको ऐतिहासिक जित

काठमाडौं -  क्यानडाले जारी आईसीसी टी–२० विश्वकपमा पहिलो र एतिहासिक जित हासिल गरेको छ । पहिलो पटक विश्वकप खेलिरहेको क्यानडाले गएराति सम्पन्न खेलमा टेस्ट खेल्ने देश आयरल्यान्डलाई १२ रनले पराजित गरेको हो । क्यानडाले दिएको १३८ रनको लक्ष्य पछाएको आयरल्यान्डले २० ओभरमा ७ विकेट गुमाएर १२५ रन मात्र बनाएपछि खेल क्यानडाले १२ रनले जितेको हो । यसअघि क्यानडाले पहिला ब्याटिङ गर्दै ७ विकेट गुमाएर १३७ रन बनाएको थियो ।


समूह 'ए' मा यो जितपछि क्यानडाले २ अंक हासिल गरेको छ । पहिलो खेलमा  अमेरिकासँग हार बेहोरेको क्यानडाले दोस्रो खेलमा जित हासिल गरेको हो । त्यस्तै आयरल्यान्डले भने लगातार दोस्रो हार बेहोरेको छ । आयरल्याण्डले पहिलो खेल भारतसँग हारेको थियो । अब क्यानडाले अर्को खेल जुन ११ मा पाकिस्तानविरुद्ध खेल्ने तालिका रहेको छ भने आयरल्याण्डले भने जुन १४ मा अमेरिकासँग खेल्ने तालिका रहेको छ । 

प्रतिकृया दिनुहोस्