काठमाडौं- नेपाली बजारमा सुन र चाँदीको मूल्य निरन्तर घटेको देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेको छ ।
मंगलबार ९९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो भने बुधबार (आज) सुनको मूल्य ९८ हजार ८ सय रुपैयाँमा झरेको छ । आज तेजावी सुनको मूल्य ९८ हजार ३ सय रुपैयाँमा झरेको छ।
बुधबार चाँदीको भाउ पनि प्रतितोला १० रुपैयाँले घटेको छ। चाँदी प्रतितोला १३६० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि मंगलबार पनि सुन र चाँदीको भाउमा गिरावट देखिएको थियो।