×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

१९ वर्षमुनिको महिला फुटबल च्याम्पियनसिपमा नेपाल र बङ्गलादेशको बराबरी

१९ वर्षमुनिको महिला फुटबल च्याम्पियनसिपमा नेपाल र बङ्गलादेशको बराबरी

 काठमाडौं -  १९ वर्षमुनिकाे साफ च्याम्पियनसिप महिला फुटबलमा नेपाल र बङ्गलादेशले बराबरी खेलेका छन् ।
ढाकामा पहिलो खेलमा नेपालले घरेलु टोली बङ्गलादेशसँग गोलरहित बराबरी खेलेको हो ।
बराबरीसँगै नेपाल र बङ्गलादेशले समान एक/एक अङ्क जोडेका छन् । अब नेपालले दोस्रो खेलमा बुधवार श्रीलङ्कासँग खेल्ने छ । यस्तै भुटानसँग डिसेम्बर १७ र भारतसँग डिसेम्बर १९ मा खेल्नेछ ।
हिजो भएको खेलमा भुटानले श्रीलङ्कालाई ५–० ले हराएको छ । राउन्ड रोबिनको आधारमा हुने प्रतियोगितामा आयोजक बङ्गलादेशसहित नेपाल, भुटान, भारत र श्रीलङ्का सहभागी छन् ।
फाइनलमा पुग्ने शीर्ष दुई टोलीले उपाधिका लागि डिसेम्बर २१ मा खेल्नेछन् । 

प्रतिकृया दिनुहोस्