×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

बैंक/वित्त

राष्ट्रिय योजना आयोगका उपाध्यक्षमा भट्ट, डेपुटी गभर्नरमा पण्डित नियुक्त

राष्ट्रिय योजना आयोगका उपाध्यक्षमा भट्ट, डेपुटी गभर्नरमा पण्डित नियुक्त

काठमाडौँ । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा.गुणाकर भट्टलाई नियुक्त गरेको छ। आज बसेको मन्त्रिपरिषद्को बैठकले भट्टलाई नियुक्त गरेको हो ।

यस्तै राष्ट्र बैंकको डेपुटी गभर्नरमा सोही बैंकमा कार्यरत निर्देशक किरण पण्डित नियुक्त भएका छन् । मन्त्रिपरिषद् बैठकले कार्यकारी निर्देशक पण्डितलाई डेपुटी गभर्नरमा नियुक्त गर्ने निर्णय गरेको हो ।

नेपाल राष्ट्र बैंकमा दुईजना डेपुटी गभर्नरको पद रिक्त थियो । डेपुटी गभर्नर नीलम ढुङ्गाना तिम्सिना र बमबहादुर मिश्रले अवकाश पाएसँगै उक्त पद रिक्त थियो । तीमध्ये एकमा पण्डित नियुक्त भएका हुन् ।

प्रतिकृया दिनुहोस्