×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

नेपाल बैंक सञ्चालक समितिका अध्यक्षद्वारा शपथ ग्रहण

नेपाल बैंक सञ्चालक समितिका अध्यक्षद्वारा शपथ ग्रहण

काठमाडौँ- नेपाल राष्ट्र बैंक सञ्चालक समितिका नवनियुक्त अध्यक्ष गंगाप्रसाद ज्ञवालीले शपथ  लिएका छन् । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबाट उनले अध्यक्ष पदको शपथ ग्रहण गरेका हुन् ।

बैंकका नव नियुक्त अध्यक्षलाई बधाई तथा शुभकामना दिँदै गभर्नर अधिकारीले अध्यक्षको अनुभव तथा ज्ञानले बैंकलाई थप प्रतिस्पर्धी र अझ सबल बैंक बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।

गभर्नर अधिकारीले बैंकको निर्देशनको पालना, संस्थागत सुशासनमा सुधार तथा समग्र वित्तीय क्षेत्रको स्थायित्व कायम गर्नमा थप महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास समेत व्यक्त गरे।

नव नियुक्त अध्यक्ष गंगाप्रसाद ज्ञवालीले नेपालको पहिलो बैंकको सञ्चालक समितिको अध्यक्षको जिम्मेवारी निर्वाह गर्ने अवसर प्राप्त भएकोमा प्रसन्नता जनाउँदै बैंकको व्यावसायिक विकास तथा संस्थागत सुशासनलाई थप मजबुत बनाउन आफूले सक्दो योगदान गर्ने प्रतिबद्धता व्यक्त गरे।

प्रतिकृया दिनुहोस्