×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

सेयर बजार ४९ अंकले घट्यो

सेयर बजार ४९ अंकले घट्यो

काठमाडौँ- साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजारमा भारी गिरावट आएको छ । यस दिन ४९.३१ ऋंकले बजार घटेर १८८४.८१ बिन्दुमा ओर्लिएको छ ।

यस दिन कारोबार रकम भने बढेको छ । यस दिन १ अर्ब ७५ करोड ६ लाख १ सय ७१ रुपैयाँमा ६१ लख ८६ हजार ९ सय ४१ कित्ता सेयर किनबेच भएको छ । जबकी साताको पहिलो कारोबार दिन आइतबार १ अर्ब १३ करोडमा जम्मा ३६ लाख ६६ हजार कित्ता सेयर किनबेच भएको थियो ।

यस दिन १९१ कम्पनीको सेयर मूल्य घटेको छ । ४ कम्पनीको सेयर मूल्य बढेको छ । यस दिन आँघिखोला लघुवित्त, होरियन्टल होटेल्स, सीवाईसी नेपाल लघुवित्त लगायत कम्पनीको मूलय बढेको छ ।

प्रतिकृया दिनुहोस्