×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

‘हामी तिन भाइ’ को गीत रेकर्डिङ सुरु

‘हामी तिन भाइ’ को गीत रेकर्डिङ सुरु

काठमाडौँ- चलचित्र ‘हामी तीन भाइ’ को गीत रेकर्डिङ गरिएको छ । साप शक्तिको संगीत रहेको गीतमा अस्मिता अधिकारी र शक्तिले स्वर दिएका छन् भने महाराज थापाको संगीत संयोजन रहेको छ । मधुसूदन भट्टराईको निर्देशनमा बन्न लागेको चलचित्रमा सलोन बस्नेत, जाह्नवी बस्नेत, शिशिर राणा, विकाश चापागाईँ, दीक्षा पाण्डे, दीपक मगर, भुवन काफ्ले, नरेन केसी र टेकेन्द्र न्यौपाने लगायतका कलाकारको अभिनय रहनेछ । प्रसिद्धि सिने आर्टसको व्यानरमा निर्माण हुने सिनेमाका प्रस्तुत कर्ता साजित महत हुन् ।

विक्रम तामाङ कार्यकारी निर्माता रहेको चलचित्रमा हिमाल केसीको द्वन्द्व निर्देशन, कमल राईको कोरियोग्राफी, शिव ढकालको छायांकन, सुलभ मणि सापकोटा गीत रचना र मनिष गौतम र रिवाज दाहालको लेखन रहेको छ । पारिवारिक प्रेम कथामा आधारित रहने चलचित्रको मुख्य सहायक निर्देशक विनय पौडेल र रामजी राउत हुन् ।

 

प्रतिकृया दिनुहोस्