×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

जनताको लागी बाध्य भएर नेतृत्वमा आउन चाहे : पूर्वमन्त्री पाण्डे

जनताको लागी बाध्य भएर नेतृत्वमा आउन चाहे : पूर्वमन्त्री पाण्डे

भरतपुर- राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय उपाध्यक्ष तथा चितवन क्षेत्र नम्बर ३ को प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार विक्रम पाण्डेले जनताकै लागि नेतृत्वम आउन चाहेको बताउनुभएको छ । 

बिहीबार भरतपुर महानगरपालिका वडा न. ६ मा भएको चुनावी भेटघाट कार्यक्रममा बोल्दै पूर्वमन्त्रीसमेत रहनुभएका नेता पाण्डेले पटकपटक एउटै निर्वाचन क्षेत्रबाट चुनावी प्रतिष्पर्धामा आउने चाहना हुनु नै जनताको लागि काम गर्न प्रतिवद्ध भएको बताउनुभएको हो । 

भरतपुर ६ मा बसोबार गर्ने स्थानीयका लागि आफूले काम गर्ने प्रयास गरे पनि अस्थिर सरकारी व्यवस्थाका कारण काम गर्न नसकेको उहाँले बताउनुभयो । अब यहाँका जनताले आफूलाई जिताएर पठाएमा ती सबै समस्या समाधान गर्ने उहाँले प्रतिवद्धता जनाउनुभयो । जनताको इच्छा र चाहनामा केन्द्रित रहेर काम गर्ने वातारण सिर्जना गर्नकै लागि आफूले उमेदवारी दिएको उहाँको भनाइ छ । 

साथै चितवन–३ का जनताले आफूलाई प्रतिनिधिसभामा लैजान सघाएमा चितवनलाई देशकै नमूना क्षेत्र बनाउने उद्घोषसमेत गर्नुभयो । चुनावी घरदैलो जारी राख्नु भएका पुर्वमन्त्री पाण्डेले बिहिबार भरतपुर १६ का ब्रम्हटोल लगाएत बिभिन्न स्थानका जनतासंग भेटघाट गर्नु भएको थियो । 

प्रतिकृया दिनुहोस्