×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

प्रदेश

पुरुषलाई बन्धक बनाई फिरौती माग्ने ६ जना पक्राउ

पुरुषलाई बन्धक बनाई फिरौती माग्ने ६ जना पक्राउ

दाङ-  पुरूषलाई बन्धक बनाई नगद ७ लाख फिराैती माग्ने गिराेहलाई प्रहरीले पक्राउ गरेकाे छ । दैलेख चामुन्डाबिन्द्रसैनी नगरपालिका ३ बस्ने २७ वर्षीय पुरूषलाई बन्धक बनाई फिराैती माग्ने ६ जनालाई प्रहरीले पक्राउ गरेकाे हाे ।

पक्राउ पर्नेहरूमा दाङ बबई गाउँपालिका ३ बस्ने ३५ वर्षीय लिलाराम बिक, ३५ वर्षीय मार्सल भन्ने नेप बहादुर घर्ती, तुलसीपुर उपमहानगरपालिका ४ खाद्रे बस्ने २५ वर्षीय सकुलाल बिक, कपिलवस्तु शिवराज नगरपालिका ९ बस्ने २० वर्षीय मनोज थारू रहेका छन् ।

त्यस्तै, तुलसीपुर उपमहानगरपालिका ६ हातीखौवा बस्ने २४ वर्षीय जनक कवँर र तुलसीपुर उपमहानगरपालिका ७ बस्ने २६ वर्षीया निर्मला विश्वकर्मा पनि पक्राउ परेका छन् ।

प्रारम्भिक अनुसन्धानको क्रममा सोमबार राति बुटवल बसपार्कमा दैलेख जाने गाडी खोजी रहेको अवस्थामा पीडितलाई निर्मलाले फोन गरी आफन्तको गाडी छ भन्दै बुटवलमा बन्धक बनाई उक्त रकम फिरौती माग गरेको खुल्न आएकाे प्रहरीले जनाएकाे छ ।

घटनाको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले पीडितलाई बन्धक बनाई राखेको होटलबाट सकुशल उद्दार गरी घटनामा संलग्न उनीहरूलाई र घटनामा प्रयोग भएको गाडी सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिकृया दिनुहोस्