×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिने

मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिने

काठमाडौं - आज प्रदेश नम्बर १ मा  मुख्यमन्त्री भिमप्रसाद आचार्यले राखेको विश्वासको मतको प्रस्तावमा मत विभाजन हुँदैछ । 
आज दिउसो १२ : ३० बजे बस्ने बैठकले मत विभाजन गरेर मुख्यमन्त्री आचार्यलाई नै निरन्तरता दिने कि नयाँ मुख्यमन्त्री खोज्ने भन्ने टुंगो लगाउने छ ।
प्रदेश १ मा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीले भने बैठक नै बसेर आचार्यलाई बिदा गर्ने सन्देश दिइसकेका छन् ।

विपक्षी गठबन्धनले मुख्यमन्त्रीमा नेकपा (एस) प्रदेश १ संसदीय दलका नेता राजेन्द्र राईलाई अगाडि सार्ने निर्णय गरेका छन् । प्रदेश १ को प्रदेश सभामा ९२ सांसद सांसद रहेका छन् । 

नेकपा एमालेसँग सभामुखसहित ४१ सांसद छन् भने नेपाली कांग्रेसका २१ ,नेकपा माओवादी केन्द्रका १५, नेकपा (एकीकृत समाजवादी) का १०,  जनता समाजवादीका ३ जना र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चका १ जना सांसद भिम आचार्यको विपक्षमा देखिएका छन् । राप्रपाका एक सांसद भने मौन छन् ।     

प्रतिकृया दिनुहोस्