×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

शहिदको सम्मानमा बलिदान होइन, देशका लागि योगदान गरौँ : बालेन साह

शहिदको सम्मानमा बलिदान होइन, देशका लागि योगदान गरौँ : बालेन साह

काठमाडौँ- काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह ‘बालेन’ले शहिदहरूको सम्मानमा बलिदान नभई देशका लागि योगदान गर्न अग्रसर हुनुपर्ने बताएका छन् ।

सोमबार सहिद दिवसको अवसरमा लेनचौरस्थित सहिद स्मृति पार्कमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले अमर शहिदहरुको त्याग र बलिदानले नै आज स्वतन्त्र स्वाधीन र सार्वभौम राष्ट्र नेपालका नागरिकका रूपमा विश्वसामु परिचित हुन पाएको बताए।

उनले शहीदहरूले आफ्ना सन्ततिहरूको उज्ज्वल भविष्यको लागि प्राण आहुति गरेको भन्दै अबका दिनमा हरेक नेपालीले बलिदान नभई देशका लागि योगदान गरेर देखाउनुपर्ने बताए । उनले सहिदहरूले भावी सन्ततिका लागि सुनौलो सपना देखेर आफ्नो बलिदान दिएकाले शहिदहरुको सपनालाई पूरा गर्नुपर्ने जिम्मेवारी र दायित्व अहिलेको पुस्ताको भएको बताए ।

शान्त, समृद्ध र विकसित नेपाल बनाइसके मात्रै अमर शहिदहरुको आत्माले शान्ति पाउने उनले बताए । अमर शहिदहरुको सपना साकार पार्न सबैले आफ्नो आफ्नो ठाउँबाट आफ्नो कर्तव्य र दायित्व पूरा गर्नुपर्ने मेयर साहले बताएका छन् ।

प्रतिकृया दिनुहोस्