×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

हामी रचनात्मक प्रतिपक्षीको भूमिकामा रहन्छौँ : अध्यक्ष नेपाल

हामी रचनात्मक प्रतिपक्षीको भूमिकामा रहन्छौँ : अध्यक्ष नेपाल

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संसदमा आफूहरुको भूमिका रचनात्मक प्रतिपक्षीकै हुने स्पष्ट पारेका छन् । 

बुधबार पार्टी निकट अनेरास्ववियू केन्द्रीय कमिटीले आयोजना गरेको सम्मान कार्यक्रममा अध्यक्ष नेपालले संविधानको कार्यान्वयनका साथै मुलुकको विकास र सुशासनका लागि आफुहरुले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको भएपनि आफूहरुको भूमिका संसदमा चनात्मक प्रतिपक्षीकै हुने स्पष्ट पारेका हुन् । विश्वासको मत दिए पछि सत्तापक्ष नै हुने भन्ने गलत व्याख्या भएको भन्दै अध्यक्ष नेपालले विश्वासको मत दिएर प्रतिपक्षीमा बसेको अनुभव २०५१ सालमा नै रहेको जिकिर गरे ।

त्यस्तै उनले संसद बिघटनको चर्चा संसदमा पनि सुनिन थालेको र यसले जनतामा पुनः आशंका जन्माएकाले यस बारेमा आफुले प्रधानमन्त्री प्रचण्डसंग प्रश्न गरेको बताए । अध्यक्ष नेपालले देश सञ्चालनको नेतृत्वमा बसेका व्यक्तिहरुले आफ्नो जिम्मेवारी पुरा गर्नुपर्ने, संविधान, राष्ट्रियताको रक्षा गर्नुपर्ने र देशलाई विदेशीको क्रिडास्थल बनाउनबाट रोक्नुपर्ने भन्दै आफूहरुले पनि सरकारलाई सही बाटो देखाउने धारणा राखे ।

कार्यक्रममा नेकपा एकीकृत समाजवादीका तर्फबाट प्रतिनिधिसभा र प्रदेशसभामा निर्वाचित भएका नेताहरुलाई सम्मान गरिएको थियो ।

प्रतिकृया दिनुहोस्