×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

मौसम : आज कहाँ कहाँ छ भारी वर्षाको सम्भावना ?

मौसम : आज कहाँ कहाँ छ भारी वर्षाको सम्भावना ?

काठमाडौं - आज देशका विभिन्न स्थानमा भारी वर्षा हुनसक्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशभर मनसुनी  वायुको  प्रभाव रहेको र हाल देशको दक्षिणी भूभाग नजिक  मनसुनी न्यून चापीय रेखा रहेकोले देशका विभिन्न भागमा वर्षा हुन सक्ने महाशाखाले पूर्वानुमान गरेको हो । 

महाशाखाले आज बिहान देशका अधिकांश भूभागहरुमा सामान्य देखि पूर्ण बदली भई प्रदेश १ का केही स्थानहरुमा मध्यम वर्षा भइरहेको जानकारी दिएको छ । साथै, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही भूभागमा हल्का वर्षा भईरहेको छ।

यसैगरी, आज दिउँसो प्रदेश  १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी  प्रदेशमा सामान्यदेखि पूर्ण बदली तथा कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ । 

भने, प्रदेश  १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश का केही स्थानहरुमा र लुम्बिनी  प्रदेश, कर्णाली तथा सुदुर पश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

यस्तै, आज राति देशका अधिकांश भूभागहरुमा सामान्य देखि पूर्ण बदली रहनेछ । प्रदेश  १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा तथा कर्णाली र सुदूरपश्चिम  प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

भने, प्रदेश १, बाग्मती प्रदेश  र गण्डकी प्रदेशका थोरै स्थानहरुमा  मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।

प्रतिकृया दिनुहोस्