×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

बालेनलाई लक्षित गर्दै प्रधानमन्त्री भन्छन : समाजमा आगो लगाउँछु भन्नेबाट जोगिनुहोला

बालेनलाई लक्षित गर्दै प्रधानमन्त्री भन्छन : समाजमा आगो लगाउँछु भन्नेबाट जोगिनुहोला

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले समाजलाई अराजक, अशिष्ट र अमर्यादितहरूको क्रिडास्थल बनाउनबाट जोगाउनुपर्ने बताएका छन् । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई लक्षित गर्दै उनले यस्तो बताएका हुन् ।

सैनिक मञ्च टुँडिखेलमा आयोजित संविधान दिवस मुल समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देश भाँडियो भने अशिष्टहरूले अराजकता मच्चाउन अलिकति मात्र मौका पाए भने पुस्तौंपुस्ता पछि पर्ने भन्दै सचेत रहन आग्रह गरे ।

उनले भने, ‘तपाईंहरूभित्र केही गरौं भन्ने जुन आगो बलिरहेको छ, त्यसलाई समाजमा आगो लगाउँछु भन्नेहरूबाट बचाउनुहोला । तपाईंहरूमा केही गरौं भन्ने जुन हुटहुटी छ, त्यसलाई समाजमा हुलमुल गराउन खोज्नेहरूबाट जोगाउनुहोला । समाजमा थिति बस्यो, समाज सभ्य भयो, अशिष्टहरूले मिच्न पाएनन् भने विकास त हामी गर्छौँ, गछौं ।’

पाका उमेरकाले तन्नेरीलाई स्नेह गर्ने, युवा वयस्कले ज्येष्ठ नागरिकहरूको सम्मान गर्ने नमुना समाज निर्माण गर्नुपर्ने उनको भनाइ छ ।

प्रतिकृया दिनुहोस्