जापान । जापानको सेन्दाईमा हरितालिका बिषेश "प्रथम तिज फेस्टिबल सेन्दाई - २०२५ " हुने भएको छ । गैर आवासिय नेपाली संघ (एनआरएनए) जापान सेन्दाई क्षेत्रिय समन्वय परिषदको आयोजनामा सेन्दाईको मोतोकाजिचो पार्कमा प्रथम तिज फेस्टिबल हुने भएको हो ।
नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा आगामी अगस्ट २४ आईतबार हुने तय भएको तिज बिषेश सांस्कृतिक कार्यक्रममा राष्ट्रिय तथा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुति रहने कार्यक्रम सयोजक सुरेन्द्र सुनारले जानकारी दिएका छन् । कार्यक्रममा चर्चित महिला कलाकारहरु मेलिना राई र सृजना कुवँरका साथै चर्चित पुरुष कलाकारहरु सुरेन्द्र सुनार,ईश्वर सिह र सुरेश रावलको बेजोड प्रस्तुती रहने भएको छ ।