×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

कांग्रेस अधिवेशन : प्रदेश १ मा मत गणना सुरु

कांग्रेस अधिवेशन : प्रदेश १ मा मत गणना सुरु

विराटनगर- नेपाली कांग्रेसको प्रदेश अधिवेशन अन्तर्गत प्रदेश १ को मत गणना सुरु भएको छ । शनिबार सम्पन्न प्रदेश अधिवेशन निर्वाचनको  मत गणना ढिलो गरी  सुरु भएको हो । बिहान ८ बजे नै सुरु हुने भनिए पनि निर्वाचन समितिले प्राविधिक कारण देखाउँदै ढिला सुरु गरेको हो ।

मत गणनाको आचारसंहिता निर्माण र उम्मेदवारका प्रतिनिधि छनोट गर्ने विषयमा केही विलम्ब भएसँगै मत गणना ढिला सुरु भएको हो । दिउँसाे डेढ बजेदेखि मत गणना सुरु भएको निर्वाचन समितिले जनाएको छ ।

निर्वाचनको मत गणना स्थल मोरङ कांग्रेस पार्टी कार्यालयमा उम्मेदवार, तिनका प्रतिनिधि र कार्यकर्ताको ठूलो चहलपहल देखिन्छ । आइतबार साँझ सम्पन्न निर्वाचनमा एक हजार ७५२ मत खसेको थियो । निर्वाचनमा पौडेल-कोइराला र संस्थापन पक्ष प्यानल बनाएर चुनावी मैदानमा छन् ।

प्रतिकृया दिनुहोस्