×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

निर्वाचन आचारसंहिता : एमालेले जनायाे ६ विषयमा असहमति

निर्वाचन आचारसंहिता : एमालेले जनायाे ६ विषयमा असहमति

काठमाडाैँ- नेकपा एमालेले निर्वाचन आयोगले जारी गरेको स्थानीय तह निर्वाचन आचारसंहितामाथि ६ विषयमा असहमति जनाएकाे छ । बिहीबार महासचिव शंकर पाेखरेलकाे नेतृत्वमा आयाेग पुगेकाे टाेलीले ६ विषयमा असहमति जनाएकाे हाे । 

यद्यपि एमालेले आयोगले जारी गरेको आचारसंहिता र संविधान र कानूनसँग बाझिएकाबाहेकका संहिताहरु पालना गर्ने प्रतिवद्धता जनाएको छ । एमालेले उम्मेदवार मनोनयनअघि जनप्रतिनिधिले राजीनामा दिनुपर्ने व्यवस्था,  सामाजिक सञ्जालमार्फत प्रचारप्रसार गर्न लगाउने व्यवस्था,  कुनै पनि तहको कार्यपालिका सदस्य, मन्त्री, प्रधान मन्त्रीलाई आफ्नो निर्वाचन क्षेत्रबाहेक अन्यत्र चुनाव प्रचारमा रोक लगाउने आचार संहिताको व्यवस्थामा असहमति जनाएको छ ।

एमालेले उम्मेदवारले आफ्नो कार्यालयबाहेक अन्यत्र झण्डा र चुनाव चिह्न प्रयोग गर्न नपाउने, अनलाइन र वेवपेजबाट जुलुस तथा सभाको प्रचार थर्न नपाउने व्यवस्थाको पनि आशय खुलाउन माग गरेको छ । ‘निजी वा पार्टीका आधिकारिक वेबपेजको प्रयोगलाई बन्देज गर्ने उद्देश्यबाट यस्तो प्रावधान राखिएको हो भने त्यो अनुपयुक्त एवं निषेधात्मकमात्र होइन, संवैधानिक हकविपरीतसमेत छ,’ एमालेले आयोगलाई बुझाएको पत्रमा भनिएको छ ।

प्रतिकृया दिनुहोस्