×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

लागुऔषध गाँजासहित तीन भारतीय पक्राउ

लागुऔषध गाँजासहित तीन भारतीय पक्राउ

सुनसरी- सुनसरीमा लागुऔषधसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ। सुनसरीको बर्जु गाउँपालिका–५ तिनमुहानबाट लागुऔषध गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरुमा भारतको कटहरिया–१० का २६ वर्षीय मिठु राय, पुर्णिया सर्सीका १८ वर्षीय पंकज महलदार र कटहरिया–१९ का ५० वर्षीय जितेन्द्र राय रहेका छन् ।

केही व्यक्तिहरुले गाँजाको ओसार पसार गरिरहेको भन्ने विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई एक सय केजी गाँजासहित पक्राउ गरेको हो । लागुऔषधसहित पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्