×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

माओवादीले जितेको पालिकाहरुमा मात्र राम्रो विकास भएको छ : प्रचण्ड

माओवादीले जितेको पालिकाहरुमा मात्र राम्रो विकास भएको छ : प्रचण्ड

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकको परिवर्तन गुम्ने खतरा कायमै रहेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा प्रचण्डले माओवादी केन्द्रले मुलुकमा परिवर्तन ल्याएको र मुलुकको नेतृत्व भने परिवर्तन रोक्नेहरूका हातमा जाने अवस्था निम्तिएको भन्दै परिवर्तनमाथि खतरा कायमै रहेको बताउएका हुन् ।

अहिले माओवादीले जितेको पालिकाहरुमा मात्र राम्रो काम हुन सकेको दावी गर्दै उनले भने भरतपुर महानगरपालिकामा अन्यपालिकामा भन्दा राम्रो काम भएको छ, माओवादीले जितेका स्थानीय तहमा मात्र राम्रो काम भएको छ ।

मुलुकको हरेक पालीकामा सुशासन, विकास तथा समृद्धिको ढोका खोल्न आवश्यक रहेको उनको भनाई थियो ।

कार्यक्रममा प्रचण्डले भूतपूर्व सैनिकहरुलाई माओवादी प्रवेश गराएका थिए ।

प्रतिकृया दिनुहोस्