×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

सुनको मूल्य बढ्यो, चाँदीको स्थिर

सुनको मूल्य बढ्यो, चाँदीको स्थिर

काठमाडौँ- सुनचाँदी बजारमा आज छापावाल सुनको कारोबार मूल्य प्रतितोला ३०० ले बढेर ९९ हजार ५०० पुगेको छ । उक्त सुन अघिल्लो दिन प्रतितोला ९९ हजार २०० मा कारोबार भएको थियो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार छ । उक्त सुन आइतबार प्रतितोला ९८ हजार ७०० थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला एक हजार ३७५ कायम रहेको महासंघले जनाएको छ ।

अन्तरराष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा महासंघले दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९२६ डलर आसपासमा कारोबार भइरहेको छ ।

प्रतिकृया दिनुहोस्