×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

खनाल यू–१९ टोलीको कप्तान नियुक्त गुल्शनको ठाउँमा आकाश

खनाल यू–१९ टोलीको कप्तान नियुक्त गुल्शनको ठाउँमा आकाश

काठमाडौँ - देव खनालले यूएईमा आयोजना हुने आईसीसी यू–१९ पुरुष विश्वकपको एसिया छनोट प्रतियोगितामा नेपालको कप्तानी गर्ने भएका छन् ।
नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार एक विज्ञप्ति निकाल्दै देवलाई कप्तान नियुक्त गरिएको जनाएको छ । क्यानले राष्ट्रिय टोलीका खेलाडी गुलशन झालाई यसअघि कप्तानीको जिम्मेवारी दिएको थियो । 

गुलशन नेपाली राष्ट्रिय टोलीले लिग २ अन्तर्गत यूएईमा सिरिज खेल्न जाने भएका कारण क्यानले उनको ठाउँमा देवलाई जिम्मेवारी दिएको हो । क्यानले गुलशनको स्थानमा आकाशलाई टिममा राखिएको जनाएको छ ।

यू–१९ छनोट प्रतियोगिता फागुन १२ देखि यूएईमा सुरु हुनेछ । नेपाली टोली बुधबार त्यसतर्फ जानेछन् । 

नेपालसहित सिङ्गापुरपुर, कतार, हङकङ, मलेसिया र आयोजक यूएई सम्मिलित प्रतियोगिताको पहिलो खेलमा नेपालले सिङ्गापुरसँग फागुन १२ गते प्रतिस्पर्धा गर्नेछ ।

प्रतिकृया दिनुहोस्