×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

प्रधानमन्त्री भेट्न एमाले अध्यक्ष ओली बालुवाटारमा

प्रधानमन्त्री भेट्न एमाले अध्यक्ष ओली बालुवाटारमा

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् ।

प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच राष्ट्रपति निर्वाचन, सत्ता सहकार्य र समसामयिक राजनीतिक विषयको सम्बन्धमा छलफल हुने बताइएको छ । राष्ट्रपतिको निर्वाचन भोलि हुँदैछ । राष्ट्रपति निर्वाचनलाई लिएर सत्ता गठबन्धनमा खटपट देखिएको छ ।

जसका कारण अझैसम्म सत्ता साझेदार दलले राष्ट्रपतिको साझा उम्मेदवार टुङ्गो लगाउन सकेका छैनन् । एमाले अध्यक्ष ओली राष्ट्रपति आफूहरूको हुने बताइरहेका छन् भने माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्ड राष्ट्रिय सहमतिमा राष्ट्रपतिको उम्मेदवार टुङ्गो लगाउनु पर्ने बताइरहेका छन् ।

प्रतिकृया दिनुहोस्