×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

रास्वपा र राप्रपाको बहिष्कारको बिच प्रतिनिधिसभाबाट बजेट पारित

रास्वपा र राप्रपाको बहिष्कारको बिच प्रतिनिधिसभाबाट बजेट पारित

काठमाडौं - प्रतिपक्षी दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को बहिष्कारका बीच प्रतिनिधिसभाले विनियोजन विधेयक, २०८१ (बजेट) लाई बहुमतले पारित गरेको छ ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले 'विनियोजन विधेयक, २०८१ लाई पारित गरियोस्' भनी प्रस्तुत गर्नुभएको प्रस्तावलाई सदनले बहुमतले स्वीकृत गरेको हो ।

बजेट पारित हुने प्रक्रिया चल्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरू भने बैठकमा अनुपस्थित थिए । 'भिजिट भिसा प्रकरण'मा गृहमन्त्रीको राजीनामा र संसदीय छानबिन समिति वा उच्चस्तरीय न्यायिक आयोग गठनको माग गर्दै आएका यी दुई दलले बजेटमाथिको सम्पूर्ण छलफल प्रक्रिया नै बहिष्कार गरेका थिए ।

आफ्ना मागहरू पूरा नभएको भन्दै दुवै दलका सांसदहरू गत जेठ १३ गतेदेखि सदनको कारबाहीमा सहभागी भएका छैनन् ।

विनियोजन विधेयक पारित भएसँगै अब सरकारलाई बजेटसँग सम्बन्धित अन्य आश्रित विधेयकहरू— आर्थिक विधेयक, २०८१ र राष्ट्र ऋण उठाउने विधेयक, २०८१— अगाडि बढाउन बाटो खुलेको छ ।

प्रतिकृया दिनुहोस्