×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

बलिउड/हलिउड

श्रीमानको निधनपछि मन्दिरा भन्छिन्- अब केही नयाँ सुरुवात गर्नु छ

श्रीमानको निधनपछि मन्दिरा भन्छिन्- अब केही नयाँ सुरुवात गर्नु छ

श्रीमान राज कौसलको निधनपश्चात् अभिनेत्री मन्दिरा वेदी आफ्नो जीवनलाई सहज बनाउन हरसम्भव प्रयास गरिरहेकी छन् । हालै उनले सामाजिक सञ्जालमार्फत अब केही नयाँ सुरुवात गर्नुपर्ने बताएकी छन् ।

सोमबार मन्दिराले एक सकारात्मक सोचसहितको नोट सेयर गरेकी छन्‚ जहाँ उनी लेख्छिन्, ‘आई एम वर्दी, आई एम क्यापेबल, आई एम लभ्ड, आई एम स्ट्रंग,’ योसँगै अब केही नयाँ सुरुवात गर्नेसमेत उनले उल्लेख गरेकी छन् । मन्दिराको पोस्टमा अर्का कलाकार अर्जुन बिजलानीले ‘सही भन्नुभयो’ लेखेर प्रतिक्रिया दिएका छन् । फराह खान अलिले समेत मन्दिरालाई शक्ति मिलोस् भनेर प्रतिक्रिया दिएकी छन् ।

यसअघि मन्दिराले पारिवारिक तस्बिर सेयर गरेकी थिइन् । जहाँ उनका दुई सन्तान र आमाबुबासमेत थिए । तस्बिर सेयर गर्दै उनले माया र साथका लागि सबैलाई धन्यवादसमेत दिएकी छन् ।

राजको निधनको करिब एक महिनापछि उनले केही पोस्ट सेयर गरेकी छन्‚ जहाँ राजसँग बिताएको पलका तस्बिरहरू छन् । उनले २५ वर्षको साथ, २३ वर्षको वैवाहिक जीवन र दुःख‚ सुखमा राजले साथ दिएको लेखेकी थिइन् ।

राजको ३० जुनमा ४९ वर्षको उमेरमा निधन भएको थियो । हृदयघातका कारण निधन भएका राजले कलाकारको रूपमा करियर सुरु गरेका थिए । पछि उनले प्यार मे कभी कभी, सादी का लड्डुजस्ता चलचित्र निर्देशन गरेका थिए ।

मन्दिरा र राजको विवाह सन् १९९९ को प्रणय दिवसको दिन भएको थियो । यी दुईका एक छोरा र एक छोरी छन् । यी दुईले छोरी तारालाई धर्मपुत्री बनाएका थिए । मन्दिरा र राजको पहिलो भेट १९९६ मा मुकुल आनन्दको घरमा भएको थियो । मन्दिरा अडिसनका लागि त्यहाँ पुगेकी थिइन् भने राज, मुकुलको सहायकको रूपमा कार्यरत भएर त्यहाँ गएका थिए । यसपछि उनीहरूको प्रेम सुरु भएको थियो ।एजेन्सी

 
 

प्रतिकृया दिनुहोस्