×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

देउवाले विश्वप्रकाशलाई दिए चुनावी घोषणा पत्र बनाउने जिम्मेवारी

देउवाले विश्वप्रकाशलाई दिए चुनावी घोषणा पत्र बनाउने  जिम्मेवारी

काठमाडौँ- नेपाली काँग्रेसले महामन्त्री विश्वप्रकाश शर्माको नेतृत्वमा घोषणा पत्र तयार पार्ने भएको छ।

सभापति शेरबहादुर देउवाले बुधबार महामन्त्री शर्मालाई प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको घोषणा पत्र तयारी समिति संयोजकको जिम्मेवारीमा मनोनीत गरेका हुन्। मंसिर ४ मा प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन हुँदै छ।

पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले महामन्त्री शर्मालाई सभापति देउवाले घोषणा पत्र तयारी समिति संयोजक मनोनीत गरेको बताए। गत वैशाखमा भएको स्थानीय चुनावमा महामन्त्री गगन थापाको नेतृत्वमा काँग्रेसले घोषणा पत्र लेखेको थियो।

 

 

प्रतिकृया दिनुहोस्