एजेन्सी/बगदाद- इराकमा आज राष्ट्रपतिको निर्वाचन हुँदैछ । इराकी सभामुख मोहमद अल हलबोसीले इराकी संसदले आज राष्ट्रपतिको निर्वाचन गर्ने कार्यक्रम रहेको जानकारी दिएका हुन् ।
सन् २००३ मा इराकमा भएको एक शक्तिको बाँडफाँट तथा हस्तान्तरणसम्बन्धी एक सम्झौताअनुसार यहाँ राष्ट्रपति पद कुर्दहरुका लागि छुट्याइएको छ ।
त्यसैगरी प्रधानमन्त्री यहाँका सिया मुस्लिम समुदाय र इराकको सभामुख पद सुन्नी मुस्लिमहरुका लागि छुट्याइएको छ । सोहीअनुसार पदहरु बाँडफाँट हुँदै आएका छन् ।
इराकमा केही महिनायतादेखि राजनीतिक विवाद बढ्दै गएको छ । राजनीतिक विवादको कारण यहाँका सिया र सुन्नी मुस्लिम समुदायका नागरिकहरुका बीचको आन्तरिक विवाद रही आएको छ ।