×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

एक वर्षमा ५० अर्बको चामल आयात

एक वर्षमा ५० अर्बको चामल आयात

काठमाडौँ- नेपालमा एक वर्षमा ५० अर्बको चामल आयात भएको छ । आर्थिक वर्ष २०७७/७८ मा भारतबाट ५० अर्ब ४८ करोड ९ लाख रुपैयाँ बराबरको चामल आयात भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । नेपालमा हुने कुल बस्तु आयातमा चामलको यो हिस्सा ३.३ प्रतिशत हो ।

चामलको आयात अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष ५१.४ प्रतिशतले बढेको देखिएको छ । अघिल्लो वर्ष २०७६/७७ मा ३३ अर्ब ३५ करोड ५ लाख रुपैयाँ बराबरको चामल आयात भएको थियो । त्यसअघि आर्थिक वर्ष २०७५/७६ मा ३२ अर्ब २१ करोड ५० लाख रुपैयाँको चामल आयात भएको थियो ।

नेपालमा सबैभन्दा बढी आयात हुने वस्तुको सूचीमा चामल छैटौं नम्बरमा छ ।

राष्ट्र बैंकको तथ्यांक अनुसार नेपालमा सबैभन्दा बढी अयात हुने वस्तुमा पेट्रोलियम उत्पादन छ । गत आर्थिक वर्ष १ खर्ब ७५ अर्ब ५१ करोड १२ लाख रुपैयाँको पेट्रोलिम उत्पादन आयात भएो थियो । कुल आयातमा यसको हिस्सा ११.४ प्रतिशत छ । अघिल्लो वर्षको तुलनामा पेट्रोलिम आयात ७.२ प्रतिशतले बढेको छ ।

त्यस्तै, दोस्रो नम्बरमा यातायात उपकरण, पाट्र्स, सवारीसाधन र टायर छ । गत वर्ष १ खर्ब २३ अर्ब ६५ करोड ३९ लाख रुपैयाँको यातायात उपकरण, सवारी, टायर र पाट्र्स आयात भएका छन् । कुल वस्तु आयातमा यसको हिस्सा ८ प्रतिशत छ । यस्तो आयात ७४.५ प्रतिशतले बढेको छ ।

अन्य मेसिनरी तथा पार्ट्स आयात ८० अर्ब ७१ करोडको भएको छ । कुल वस्तु आयातमा यसको हिस्सा ५.२ प्रतिशत छ ।

चौथो नम्बरमा एमएस बीलेटको आयात हुने गरेको छ । गत वर्ष ७१ ऋर्ब ५२ करोड ९१ लाखकोको एमएस बीलेट आएको छ ।

पाँचौं नम्बरमा गत वर्ष कच्चा सोयाबिन तेलको आयात भएको छ । गत वर्ष ५३ अर्ब ३६ करोड ४३ लाखको कच्चा भटमासको तेल आयात भएको छ । नेपालमा प्रशोधन भटमासको तेल विदेश निर्यात हुने थालेपछि गत वार्ष कच्चा सोया तेलको आयात १८४ प्रतिशतले बढेको हो ।

छैटौं नम्बरमा चामल  छ ।

सातौं नम्बरमा औषधि आयात हुने गरेको छ । गत वर्ष ३९ अर्ब ५७ करोड ४१ लख रुपैयाँको औषधि आयात भएको छ । कुल वस्तु आयातमा यसको हिस्सा २.६ प्रतिशत छ ।

त्यस्तै दूरसञ्चार सम्बन्धी उपकरण र पार्टस्को आयात आठौं नम्बरमा छ । गत वर्ष ३४ अर्ब ५२ करोड ९९ लाख रुपैयाँका दूरसञ्चार उपकरण आयात भएको छ । कुल वस्तु आयातमा यसको हिस्सा २.२ प्रतिशत छ ।

त्यस्तै, सबैभन्दा बढी आयात हुने वस्तुको सूचीको नवौँ नम्बरमा तयारी पोशाक रहेको छ । गत वर्ष २८ अर्ब १० करोड ३१ लाख रुपैयाँको तयारी पोशाक आयात भएको छ । कुल वस्तु आयातमा यसको हिस्सा १.८ प्रतिशत छ ।

त्यस्तै १० औं नम्बरमा सुन रहेको छ । गत वर्ष २७ अर्ब १३ करोड १८ लाख रुपैयाँको सुन आयात भएको छ । कुल वस्तु आयातमा यसको हिस्सा १.८ प्रतिशत छ ।

प्रतिकृया दिनुहोस्