×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

जसपाको आधिकारिकता अब उपेन्द्र यादव समूहलाई

जसपाको आधिकारिकता अब उपेन्द्र यादव समूहलाई

काठमाडौं - जनता समाजवादी पार्टी( जसपा)को आधिकारिकता अध्यक्ष उपेन्द्र यादव समूहले पाएको छ। निर्वाचन आयोगमा भएको हेड काउन्टको आधारमा अध्यक्ष यादव समूहलाई आधिकारिकता दिएको हो। 

निर्वाचन आयोगले आधिकारिकता टुंग्याउन जसपाको ५१ सदस्यीय कार्यकारिणी समितिलाई निर्वाचन आयोग बोलाएको थियो। 
अर्का अध्यक्ष महन्थ ठाकुर समूहमा १६ जना मात्रै उभिए भने यादव समूहको पक्षमा ३४ जनाले सनाखत गरेका थिए। निलम्बित सांसद रेशम चौधरी तटस्थ बसेका थिए।
आधिकारिकता प्राप्त गरेपछि पार्टीबाट विभाजन नभएर केही व्यक्ति निस्केको नेता महेन्द्र राय यादवले बताए। उनले भने, 'हामीले ४ जनालाई यसअघि नै कारबाही गरिसकेका छौँ। त्यहीअनुसार पार्टी अगाडि बढ्छ।'

प्रतिकृया दिनुहोस्