×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

सरकारले कृषि क्षेत्रलाई तहसनहस बनायो : वामदेव गौतम

सरकारले कृषि क्षेत्रलाई तहसनहस बनायो : वामदेव गौतम

नेकपा एमालेका नेता वामदेव गौतमले वर्तमान सरकारले कृषि क्षेत्रलाई तहसनहस गरिरहेको बताएका छन् । १८ औं धान दिवसको अवसरमा मंगलबार शुभकामना सन्देश जारी गर्दै उनले निश्चित व्यापारिक घरानालाई पोस्ने गरी करार खेती भित्र्याउने काम गरेर कृषि क्षेत्रलाई तहसनहस पारेको बताएका हुन् ।

किसानका हक अधिकार सुनिश्चित गर्नेजस्ता कार्यक्रमसहित समाजवादतर्फ प्रवेश गर्नुपर्नेमा सरकार दलाल पुँजिवाद र बहुराष्ट्रिय कम्पनीलाई भित्र्याउने काम गरिरहेको उनको आरोप छ ।

‘किसानका हक अधिकार सुनिश्चित गर्नेजस्ता कार्यक्रमसहित हामी समाजवादतर्फ प्रवेश गर्नुपर्नेमा वर्तमान सरकार कृषि क्षेत्रम दलाल पुँजिवाद र बहुराष्ट्रिय कम्पनीलाई भित्र्याउने र नेपालको कृषि क्षेत्रलाई तहसनहस गर्ने काम गरिरहेको छ,’ अखिल नेपाल किसान महासंघका अध्यक्षसमेत रहेका गौतमले भनेका छन् ।

इन्डोनेसिया र फिलिपिन्समा असफल भइसकेको भूमि बैंक कार्यक्रम सरकारबाट नेपालमा ल्याउने काम भएको भन्दै उनले आपत्ति जनाएका छन् ।

‘वर्तमान सरकार नेपालको प्राथमिक उत्पादनको क्षेत्रमा प्रवेश गराउनका लागि वैदेशिक लगानी व्यवस्था ऐनको अनुसूची संशोधन गरेर अनुकूल बनाइदिएको छ,’ उनले भनेका छन्,‘यो कार्यले नेपाली किसानलाई पूर्णत बेरोजगार र घरवारविहीन बनाउने 
छ ।’

प्रतिकृया दिनुहोस्