×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

प्रहरीमा भर्ना गरिदिन्छु भन्दै ठगी गरेको अभियोगमा १ जना पक्राउ

प्रहरीमा भर्ना गरिदिन्छु भन्दै ठगी गरेको अभियोगमा १ जना पक्राउ

कैलाली- प्रहरीमा भर्ना गरिदिन्छु भन्दै ठगी गरेको अभियोगमा बझाङ मष्टा गाउपालिका-२ बस्ने २५ वर्षीय मनोज कुमार सिंहलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । हालै प्रहरी जवान पदको सम्पूर्ण परीक्षाहरु समाप्त भई अन्तिम नतिजा प्रकाशनको क्रममा रहेको अवस्थामा सिंहले एकजनालाई प्रहरी बनाई दिन्छु भन्दै ठगी गरिरहेको भन्ने सूचनाको आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई कैलाली धनगढी उपमहानगरपालिका-३ चौराहबाट पक्राउ गरेको हो । उनको साथबाट प्रहरी बनाई दिने भन्दै पैसा माग गरी लिएको ६० हजार रुपैयाँको चेक र पीडितलाई फोन गरी धम्काई पैसा तथा चेक नदिए प्रहरीको छनौटबाट फेल गरिदिने भन्ने धम्की र प्रलोभन दिई फोन गरेको रेकर्ड समेत प्रहरीले बरामद गरेको छ । उनी उपर ठगी शीर्षक मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्