×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

प्रधानमन्त्रीमा दाबी प्रस्तुत गर्ने प्रयोजनका लागि माओवादीद्वारा सांसदहरूको हस्ताक्षर संकलन

प्रधानमन्त्रीमा दाबी प्रस्तुत गर्ने प्रयोजनका लागि माओवादीद्वारा सांसदहरूको हस्ताक्षर संकलन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले सरकार गठनका लागि हस्ताक्षर संकलन गरेको छ । माओवादी संसदीय दलको बैठकमा सांसदहरूको हस्ताक्षर संकलन गरिएको हो । बिहीबार बसेको माओवादी संसदीय दलको बैठकमा सांसदहरूलाई प्रधानमन्त्रीमा दाबी प्रस्तुत गर्ने क्रममा पेस गर्न हस्ताक्षर संकलन गरिएको माओवादी केन्द्रका एक सांसदले जानकारी दिए ।

सांसदहरूलाई प्रधानमन्त्रीमा दाबीलगायत विभिन्न काममा प्रयोग गर्न हस्ताक्षर संकलन गरिएको उनले बताए । माओवादीले पहिले सरकारको नेतृत्व पाउनुपर्ने दाबी गरिहरेको छ । हिमालय टाइम्सबाट

प्रतिकृया दिनुहोस्