×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

ललितपुर मेयर महिला च्याम्पियनसिपमा ललितपुर विजयी

ललितपुर मेयर महिला च्याम्पियनसिपमा ललितपुर विजयी

काठमाडौं - कीर्तिपुरमा जारी ललितपुर मेयर महिला च्याम्पियनसिप टि-२० अन्तर्गत दोश्रो दिन सम्पन्न  खेलमा ललितपुर मेयर्स-११ ले लुम्बिनी प्रदेशलाई २७ रनले पराजित गर्दै पहिलो जित दर्ता गरेको छ। पहिलो खेलमा मेयर्स-११ लाई सुदूरपश्चिम प्रदेशले ७ विकेटले पराजित गरेको थियो।
ललितपुर मेयर्स-११ ले दिएको १४५ रनको लक्ष्य पछ्याउने क्रममा लुम्बिनी प्रदेशले पुरै २० ओभर ब्याटिंग गरेता पनि ५ विकेट गुमाएर ११७ रन मात्र बनाउन सक्यो।

लुम्बिनी प्रदेशको लागि सरस्वती जीएमले सर्वाधिक अविजित ४६ रन योगदान दिईन् जुन क्रममा ५२ बलमा २ चौका प्रहार गरिन्। कप्तान नेरी थापा र नितु भण्डारीले समान २० रन बनाए।

मेयर्स-११ को बलिंगमा सरस्वती चौधरी, आरती बिडारी र शिला क्षेत्रीले समान १ विकेट हात पारे।

यस अघि टस जितेर ब्याटिंग गरेको ललितपुर मेयर्स-११ ले निर्धारित २० ओभरमा ५ विकेट क्षेतीमा १४४ रन बनाएको थियो।

मेयर्स-११ को लागि छैठौं नम्बरमा ब्याटिंग गरेकी सुमन खतिवडाले सर्वाधिक अविजित ७७ रन योगदान दिईन् जुन क्रममा उनले ५२ बलमा ९ चौका र २ छक्का प्रहार गरिन्। अस्मिना कर्माचार्यले अविजित २० तथा अनुराधा चौधरीले १० रन योगदान दिए।

एक समय ३६ रनको योगफलमा ५ विकेट गुमाएको मेयर्स-११ लाई सुमन र अस्मिनाले अविजित १०८ रनको साझेदारी गर्दै विशाल योगफलतर्फ डोर्याएका थिए।

खेलको प्लेयर अफ द म्याच सुमन खतिवडा घोषित भईन्।

प्रतियोगिता अन्तर्गत सोमबार एक मात्र खेल लुम्बिनी प्रदेश र प्रदेश नम्बर-१ बीच खेलिनेछ। दुवै टिमले आफ्नो पहिलो खेलमा हार बेहोरीसकेका छन्।

प्रतिकृया दिनुहोस्