×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

करणराज कार्कीको ‘सोल्टीनीको शिरैमा चन्द्रमा’ सार्वजनिक (भिडियो)

करणराज कार्कीको ‘सोल्टीनीको शिरैमा चन्द्रमा’ सार्वजनिक (भिडियो)

काठमाडौं- ‘सोल्टीनीको शिरैमा चन्द्रमा’ बोलको कौरागीत सार्वजनिक भएको छ । लेखु सहयात्रीको शब्द र करणराज कार्कीको सङ्गीत रहेको गीत आइतबार सार्वजनिक भएको हो ।

गीतमा आइत गुरुङ, शशिका राई र सविना योङहाङ लिम्बुले आवाज दिएका छन् । देवेश राईको संगीत संयोजन र किशोर थापाको ध्वनि सम्पादन रहेको गीत ‘संगीत भकारी’ युट्युब च्यानलमा हेर्न र सुन्न सकिन्छ ।

निकै मिहिनेत गरेको देखिने भिडियोमा विजय पुन, आनन्द गुरुङ, चाहाना मगर, कृशला तामाङ, बबिता गुरुङ र गायक समेत रहेका आइत शाङ गुरुङको अभिनय हेर्न सकिन्छ ।

नवराज उप्रेतीको छायांकन र मिलन विश्कर्माको सम्पादन रहेको गीतको भिडियो निर्देशन मौसम हिमालीले गरेका हुन् ।

प्रतिकृया दिनुहोस्