×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

उकालाे लाग्याे सुनकाे भाउ

उकालाे लाग्याे सुनकाे भाउ

काठमाडौँ- मंगलवार सुन र चाँदीको मूल्य बढेको छ । सुन चाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा ६ सय र चाँदी ३५ रुपैयाँले वृद्धि भएको छ ।

मंगलबार छापावाल सुनको प्रतितोला मूल्य ९६ हजार ९ सय र तेजावी सुनको मूल्य ९६ हजार ४ सय रुपैयाँ तोकिएको छ । सोमबार छापावाल सुनको मूल्य ९६ हजार ३ सय र तेजावी सुनको मूल्य ९५ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । मंगलबार चाँदीको प्रतितोला मूल्य १ हजार २४० रुपैयाँ तोकिएको छ । सोमबार चाँदीको मूल्य १ हजार २०५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिकृया दिनुहोस्