×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

भरतपुरमा स्वतन्त्र उमेदवार मत बढाउँदै, रेनु ३० मतले अगाडि

भरतपुरमा स्वतन्त्र उमेदवार मत बढाउँदै, रेनु ३० मतले अगाडि

चितवन- भरतपुर महानगरपालिकाको मेयरमा रेनु दाहालले अग्रता कायमै राखेकी छन् । १७ हजार ३४ मतगणनामा रेनुले पाँच हजार ७१८ मत प्राप्त गरेकी छन् ।

रेनुलाई पछ्याइरहेका एमालेका विजय सुवेदी ३० मतले पछाडि छ । सुवेदीले पाँच हजार ६८८ मत प्राप्त गरेका छन् भने स्वतन्त्र उमेदवार जगन्नाथ पौडेलले दुईहजार ७८८ मत पाएका छन् । पछिल्लो गणनामा पौडेलले मत बढाएका छन् ।

यस्तै, वडा नम्बर ४ को वडाध्यक्षमा कांग्रेसका अर्पण पोखरेल दुई हजार ४९९ मत ल्याएर विजयी भएका छन् । एमालेका भानुभक्त सापकोटाले एक हजार ६३३ मत प्राप्त गरे । अहिले वडा नम्बर ५ को मत गणना भइरहेको छ ।

प्रतिकृया दिनुहोस्