×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

२८ कमाण्डमार्फत निर्वाचनकेन्द्रित भयाे माओवादी

२८ कमाण्डमार्फत निर्वाचनकेन्द्रित भयाे माओवादी

काठमाडौँ-सत्तारुढ दल माओवादी केन्द्रले स्थानीय निर्वाचनलाई मध्येनजर गर्दै २८ वटा कमाण्ड गठन गरेकाे छ । ७ वटै प्रदेश समेट्नेगरी २८ वटा कमाण्ड गठन गरिएकाे नेता शक्ति बस्नेतले जानकारी दिए । माओवादी केन्द्रले आसन्न वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि ‘घरघरमा सदस्य, टोल टोलमा माओवादी- गाउँनगर जाऔँ, माओवादी केन्द्रलाई जिताऔँ’ भन्ने नारा तय गरेकाे छ । 

स्थानीय निर्वाचनका लागि चुनावी घाेषणापत्र तयारी भइरहेकाे नेता बस्नेतले बताएका छन् । केन्द्रबाट स्थानीय नेताहरूका लागि अपिलपत्रसमेत बन्दै गरेकाे माओवादीले जनाएकाे छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीले आफ्नै बलबुताले निर्वाचन लड्ने तयारी गर्न निर्देशन दिइसकेका छन् ।

प्रदेशमा रहेका जिल्लाहरूकाे सङ्ख्यालाई हेरेर कमाण्ड बनाइएकाे छ । प्रदेश १ र बागमती प्रदेशमा ५/५ वटा, मधेश, गण्डकी र लुम्बिनीमा ४/४ वटा, कर्णाली र सुदूरपश्चिम प्रदेशमा ३/३ वटा कमाण्ड बनाइएकाे छ । यी कमाण्डहरूकाे नेतृत्व प्रदेशस्तरीय नेताहरूले गर्नेछन् ।

शीर्ष नेताहरू भने प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा व्यस्त छन् । अहिले उनीहरू लुम्बिनी प्रदेश पुगेका छन् ।

कमाण्डअन्तर्गत जिल्लाहरूलाई कसरी समेटियाे ?

प्रदेश १ मा ५ वटा कमाण्ड गठन भएका छन् ।

१, ताप्लेजुङ, पाँचथर र इलाम
२, झापा, मोरङ र सुनसरी
३, धनकुटा, तेह्रथुम र संखुवासभा
४, भोजपुर, खोटाङ र उदयपुर
५, सोलखुम्बु र ओखलढुंगा

मधेश प्रदेशमा ४ कमाण्ड गठन गरिएका छन् ।

१, सप्तरी र सिरहा
२, धनुषा र महोत्तरी
३, सर्लाही र रौतहट
४, बारा र पर्सा

बागमती प्रदेशमा ५ कमाण्ड गठन गरिएका छन् ।

१, काठमाडौँ, ललितपुर र भक्तपुर
२, चितवन र मकवानपुर
३, धादिङ, नुवाकोट र रसुवा
४, सिन्धुपाल्चोक, दोलखा र काभ्रेपलाञ्चोक
५, सिन्धुली र रामेछाप

गण्डकीमा ४ कमाण्ड गठन गरिएका छन् ।

१, गोरखा, लमजुङ र मनाङ
२, तनहुँ, नवलपरासी पूर्व
३, स्याङजा, कास्की र पर्वत
४, बाग्लुङ, म्याग्दी र मुस्ताङ

लुम्बिनीमा ४ कमाण्ड गठन गरिएका छन् ।

१, नवलपरासी पश्चिम, रुपन्देही र कपिलवस्तु
२, पाल्पा, गुल्मी र अर्घाखाँची
३, प्युठान, रुकुम पूर्व र रोल्पा
४, दाङ, बाँके र बर्दिया

कर्णालीमा ३ कमाण्ड गठन गरिएका छन् ।

१, सुर्खेत, दैलेख र सल्यान
२, जाजरकोट, डोल्पा र रुकुम पश्चिम
३, कालिकोट, जुम्ला, मुगु र हुम्ला

सुदूरपश्चिममा ३ कमाण्ड गठन गरिएका छन् ।

१, अछाम, डोटी र बाजुरा
२, बैतडी, बझाङ र दार्चुला
३, कैलाली, कञ्चनपुर र डडेलधुरा

प्रतिकृया दिनुहोस्