काठमाडौ - राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले गत वर्ष चैतमा सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ।
गत वर्ष चैत ७ गतेदेखि सुरु भएको परीक्षामा कुल ४ लाख ९९ हजार १८३ जना विद्यार्थी सहभागी थिए। जसमध्ये नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेडवृद्धितर्फ ६७ हजार ७१५ जना परीक्षार्थी थिए।
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले पत्रकार सम्मेलनमार्फत एसईईमा ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण (ग्रेडिङमा समावेश) भएको जानकारी दिनुभयो। उहाँका अनुसार गत वर्षको तुलनामा यस पटक धेरै विद्यार्थी ग्रेडिङमा परेका छन्। गत वर्ष ४७ प्रतिशत मात्रै ग्रेडमा समावेश भएका थिए।