एजेन्सी । दक्षिण अफ्रिकाको वेदवे इलाकामा निकै दुर्लभ दुईवटा टाउको भएको सर्प भेटिएको छ । दक्षिण अफ्रिकाको क्वाजुलु नाटाल प्रान्तका एक व्यक्तिले आफ्नो घरको गार्डेनमा दुईवटा टाउको भएको सर्प देखेका हुन् । त्यसपछि उनले सर्पको संरक्षण र उद्दार गर्ने निक इभान्सलाई सम्पर्क गरे । निक इभान्स केजेडएन एम्फिबियन एन्ड रेप्टाइल कन्जरभेसनका संस्थापक हुन् ।
उनले आफ्नो फेसबुक पोस्टमा यो सर्पको तस्बिर सेयर गर्दै लेखे, ‘म हालै उत्तरी डर्बनको ब्राई इलाका नजिकै थिएँ । त्यतिबेला मलाई वेदवेबाट एउटा तस्बिर पठाइयो । यो दुईवटा टाउको भएको सर्पको तस्बिर थियो । यो एक साउदर्न ब्राउन एग इटर सर्प हो । यसले कुनै पनि खालको हानी पुर्याउँदैन ।’ यो दुईवटा टाउको भएको साउदर्न ब्राउन एग इटर राती घुम्ने खालको सर्प हो । अब यो दुईवटा टाउको भएको सर्प निक इभान्सको व्यावसायिक समूहको हातमा पुगेको छ । यहाँ उसको स्वास्थ्यबारे ख्याल राखिएको छ ।