काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार भारत जाने भएका छन्। शुक्रबार भारत गएर उनी साउन १ गते स्वदेश फर्किने कार्यक्रम छ। सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) को निम्तोमा प्रचण्ड शुक्रबार दिल्ली जान लागेको उनको सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार प्रचण्ड भाजपाले आयोजना गरेको शिखर सम्मेलनमा सहभागी जान लागेका हुन् । भारतमा प्रचण्डले उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम पनि रहेको बताइएको छ । स्रोतका अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लगायतका नेताहरूसँग भेट गर्नेछन् ।